नियम ७
पञ्जीकरण निलम्बन गर्न सक्ने
(१) ऐनको दफा ५ को उपदफा (१) को खण्ड (ग), (ङ) वा (च) को अवस्था भएमा वा ऐनको दफा ३५ बमोजिम क्षतिपूर्ति दिनुपर्ने अवस्थामा क्षतिपूर्ति नदिएमा केन्द्रले जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गर्नु अघि केन्द्रले जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गर्नु पर्ने कारण खुलाई पञ्जीकरण निलम्बन गर्नु नपर्ने कुनै आधार र प्रमाण भएमा सो समेत संलग्न गरी सफाइ पेस गर्नको लागि बढीमा पन्ध्र दिनको अवधि दिई त्यस्तो जीवनाशक विषादी पञ्जीकरण गराउने व्यक्ति, संस्था वा निकायलाई लिखित सूचना दिनु पर्नेछ।
(३) उपनियम _ (२) बमोजिम दिईएको समयावधिभित्र सफाइ पेस नगरेमा वा पेस गरेको सफाइको व्यहोरा सन्तोषजनक नभएमा सम्बन्धित व्यक्ति, संस्था वा निकायले सुधार गर्नुपर्ने विषय, पालना गर्नुपर्ने सर्त वा मापदण्ड उल्लेख गरी त्यसको पालना गर्न निर्देशन दिई केन्द्रले उपनियम _(१) बमोजिम जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गर्नेछ। यसरी निलम्बन गरेको निर्णय केन्द्रको वेबसाइटमा राख्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गरेको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा निकाय र समितिलाई निर्णय भएको दिन वा सोको भोलिपल्टसम्म पठाउनु पर्नेछ।
(५) उपनियम (३) बमोजिम पञ्जीकरण निलम्बन भएकोमा सो अवधिभर जीवनाशक विषादीको कारोबार गर्न पाइने छैन।
(६) उपनियम (३) बमोजिम केन्द्रले सुधार गर्नुपर्ने भनी उल्लेख गरेको विषयमा निलम्बनको जानकारी पाएको मितिले तीन महिनाभित्र सुधार गरी वा पालना गर्नु पर्ने सर्त वा मापदण्ड पालना हुने व्यवस्था गरी सम्बन्धित व्यक्ति, संस्था वा निकायले पञ्जीकरण निलम्बन भएको जीवनाशक विषादीको निलम्बन फुकुवा गर्न केन्द्रमा निवेदन दिनु पर्नेछ।
(७) उपनियम (६) बमोजिम: प्राप्त निवेदन उपर केन्द्रले छानबिन गर्दा निवेदकले ऐन तथा यस नियमावली बमोजिमको सर्त तथा मापदण्ड पूरा: गरेको र केन्द्रबाट सुधार गर्न निर्देशन दिइएको विषयमा, सुधार गरेको पाइएमा पञ्जीकरण निलम्बन फुकुवा गरिदिन सक्नेछ।